१० असोज २०७८ आइतबार

अविरल वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर ।

अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजिकै मध्याह्न १२ बजे पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सो राजमार्ग अन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताए।

त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ । यसैबीच राक्सिराङ गाउँपालिकामा पहिरोले पशुचौपायासमेत पुरिएको खबर आएको छ ।रासस

प्रकाशित: ८ असोज २०७७ १६:०० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी