अन्य

हैदराबादमाथि कोलकाताको जित

15 Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो भने हैदराबादको लगातार दोस्रो हार हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए ।

नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए । हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए । रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।

कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ ।

प्रकाशित: ११ आश्विन २०७७ ०६:४८ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी