1
1
1
1
1

0 Shares

निर्वाचन कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीचको युद्ध -देउवा

1
1
1
1
1
1

लहान,१५, मंशिर
प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीचको युद्ध भएको बताएका छन् । एक दलीय कम्युनिस्ट शासन ल्याउन वाम गठबन्धन भएको बताउँदै उनले वाम गठबन्धनले जिते तानाशाही शासन चल्ने बताए । सिरहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकामा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा कम्युनिस्ट शासन आए बोल्न र लेख्न समेत नपाउने बताए । उनले भने, ‘कम्युनिष्टहरुको वाम गठबन्धनले जिते नेपालमा एक दलीय तानाशाही कम्युनिस्ट शासन हुनेछ । त्यतिबेला सर्वसाधारणले बोल्न, लेख्न र आफ्नो मत हिडडुल समेत गर्न पाउँदैन ।’

उनले लोकतान्त्रिक शासनलाई आत्मसाथ गर्ने कांग्रेसलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिताउन नसके कम्युनिस्टहरुले नेपालमा फेरी चुनाव हुन नदिने बताए । मधेसीको भावना बुझेर कांग्रेसले संविधान संशोधन गर्न खोजेपनि एमालेले संशोधन गर्न नदिएको आरोप लगाउदै भने, ‘एमाले सहितको वाम गठबन्धन मधेस बिरोधी हो । त्यसैले मधेसमा कांग्रेसलाई जिताउनुहोस् ।’ मधेसी र पहाडीको नारा दिएर कम्युनिस्टले देशलाई बिखन्डन गर्न खोजेको देउवाले आरोप लगाए ।
नयाँपत्रिकाबाट

प्रकाशित: १५ मंसिर २०७४ ०५:५८ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी