1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

धर्मपुत्रीको आगमनले कसरी भयो पारिवारिक विखण्डन ?

1
1
1
1
1
1
1
1

काठमाडौं । नेपालका ठूला व्यवसायिक घराना ज्योति समूहभित्र देखिएको पारिवारिक विवाद थप चर्किंदै गएको छ । अंशवण्डाबाट शुरु भएको विवाद अहिले प्रशासनदेखि अदालतसम्म पुगेको छ ।

यसका पछाडि अनेकौ कारणहरु फेला परेका छन् । ती विविध कारण मध्ये रुप ज्योतिकी धर्मपुत्री मिला सायमी पनि एक भएको स्रोत बताउँछ । उनकै सहयोगमा डा. रुप ज्योतिले संगोलमा संचालित विभिन्न कम्पनीहरूको कारोबार एकलौटी बनाएको स्रोतको भनाइ छ ।

को हुन मिला सायमी ?

रुप ज्योतिकी धर्मपुत्री कहलिएकी हुन् मिला सायमी । रुप ज्योतिको सम्पूर्ण कारोबारको हिसाव किताव उनै मार्फत संचालित छ । सायमीको अनुमतिबिना कसैले कुनै प्रकारको आर्थिक कारोबार समेत गर्न पाउँदैनन् ।

रुप ज्योतिका आफ्नै छोराछोरीहरुलाई पनि उनको कारोबारका बारेमा जानकारी हुँदैन । साथै उनीहरुले सायमीको अनुमति विना एक रुपैँयाँ पनि चलाउन पाउँदैनन् । सायमीलाई कार्यालयमै खाने बस्ने सबै व्यवस्था गरिएको छ ।

धर्मपुत्रीका रुपमा सायमीको आगमन भएसँगै ज्योति परिवारमा घर झगडा बढेको स्रोतको दावी छ । स्याकार कम्पनी, ल्याण्डमार्क कम्पनी, ग्राण्डी अस्पताल, स्पिनिंग मिल्स आदिको बोर्डमा समेत मिला सायमी र रुप ज्योतिका आफ्नै नजिकका कर्मचारीहरु राखिएका छन् ।

उनीहरुले कहाँ कहाँ लगानी गर्छन्, कहाँ रकम पठाउछन्, त्यसको जानकारी दाई पद्म ज्योतिलाई दिँदैनन् । पद्म ज्योतिलाई बोर्ड बैठकहरुको समेत जानकारी नदिई निर्णय गरिन्छ । अधिकांश कम्पनीको नगद र बैंक खाताहरु पनि सायमीको नियन्त्रणमा राखिएको छ ।

ज्योति समूहले मोटरसाइकल, कार, अक्सिजन, ग्यास, डण्डी, औषधि, उद्योगदेखि अस्पताल, बैंकदेखि इन्स्योरेन्स कम्पनी, हवाई टिकट बेच्ने ट्राभल एजेन्सी, आयात–निर्यात सहज गर्ने लजिस्टिक कम्पनी लगायतमा लगानी गरेका छन् । ज्योति समूहका यी अघिंकांश कम्पनी तथा लगानी सफल भएका छन् । जसका कारण ज्योति समूहलाई एक सफल व्यवसायिक घरानाका रुपमा चिनिन्छ । यस समूहका विभिन्न कम्पनीहरुसँग काठमाडौंको मुटु जमलदेखि मुलुकभरका विभिन्न शहरहरुमा प्रशस्त मात्रामा जग्गा जमिन रहेको छ ।

ज्योति समूहका कम्पनीमा दाई पद्य ज्योति, भाई रुप ज्योति तथा बहिनी कमला कंसाकारका नाममा तीनै जनाको बराबर तीन हिस्सा रहेको छ ।

ज्योति परिवारमा कम्पनी शेयर र सम्पत्ती बाँडफाँडको तयारी करिव १५ वर्ष अघि नै भएको थियो । त्यतिबेला रुप ज्योतिले आफै बाँडफाँडको भाग लगाएर छानि सकेपछि नछुट्टिने भन्दै पछि हटेका थिए ।

स्रोतका अनुसार मणिहर्ष (बुवा) ज्योतिकै पालामा ४० वर्ष पहिले अंशवण्डा भइसकेको थियो । तर, अधिकांश व्यवसाय भने आ–आफ्नो शेयर राखी सगोलमै संचालित थिए । र, अझै पनि छन् ।

पछिल्लो पटक रुप ज्योतिले दाई पद्य ज्योतिलाई जानकारी समेत नदिई आपूmलाई अध्यक्ष घोषणा गरेपछि परिवारभित्रको विवाद छताछुल्ल पोखिएको हो । यस विषयमा कम्पनी रजिष्टारको कार्यालयले समेत स्पष्टिकरण माग गरेको छ ।

यस्तै ज्योति भवनमै संचालित ग्राण्डी सिटी हस्पिटल अनुमति बिना नै संचालन भइरहेको पाइएपछि स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयले स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।

यो पनि 

प्रकाशित: १३ असोज २०७७ १३:२३ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी