३ भदौ २०७९ शुक्रबार
1
1
1
1

बलात्कार घटनाको पाँच लाखमा मिलापत्र गर्ने आठ जना पञ्च पक्राउ

1
1
1
1
1

जनकपुरधाम ।

पाँच लाखमा बलात्कारको घटनामा मिलापत्र गराउने सिरहाका ८ जना पञ्च प्रहरी फन्दामा परेका छन् । सिरहाको विष्णुपुर–१ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीय किशोरीलाई असोज १२ गते जबर्जस्तीकरणी गरेका थिए।

उक्त घटनालाई पञ्चहरुले पञ्चायत गरेर गाउँमै मिलाएका थिए। प्रहरीमा दर्ता हुनु पर्ने घटना मिलाएको खबर थाहा पाएर प्रहरी टोली गाउँमा पुगेको थियो । गाउँ पुगेका प्रहरी टोलीले पाँच लाखमा बलात्कार घटनाको मिलापत्र गराएको लिखित तमसुक सहित पीडक र पञ्चहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी धिरजप्रताप सिंहले जनाए।

पक्राउ पर्नेमा स्थानीय पञ्चहरु सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उद्गार यादव, जगविर यादव, राजकुमार यादव र रौदि भनिने श्यामसुन्दर यादव रहेका छन् । उनीहरुलाई बलात्कार घटना मिलाउने मतियारको रुपमा प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेका पीडक मुकेश सिंह र उनका मतियारहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको छ।अन्नपूर्णबाट

प्रकाशित: १९ असोज २०७७ ०६:४५ सोमबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी