काठमाडौं ।
नेपालमा उद्यमशीलतालाई प्रवर्दन गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकम आम मानिसको दैनिक जीवनमा उपयोगि बन्दै गइरहेको छ ।
डिजिटल प्लाटफर्मको माध्यमबाट सबै ब्यवसायिक कामलाई सहज बनाउने उद्धेश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस डटकम नेपालकै पहिलो ब्यवसायिक सामाजिक सञ्जाल हो । अनलाइनमा आधारित यो व्यवसायिक सामाजिक सञ्जालको नारा नै “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ ।
यसलाई मुख्यतः चार सिद्धान्तमा संचालन गरिएको छ । ब्यक्तिहरुको दक्षता अभिवृद्धि, रोजगारी सृजना तथा प्रवर्धन , पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर तथा सम्भावनाहरुको खोजी र गीगइकोनोमीको अवधारणामा रहेर उद्यमशीलता प्रर्वद्धन तथा ब्यवसायिक वृद्धी गर्नु यसको मुख्य उद्धेश्य हो ।
रोलिङ नेक्ससले व्यवसायिक सेवा दिन विभिन्न ६ वटा समुहहरु छुट्याएको छ ।
रोलिङ नेक्ससले व्यवसायिक सेवा दिन विभिन्न ६ वटा समुहहरु छुट्याएको छ । जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट र छलफल जस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवालिन सकिने यसका सञ्चालक अनुप जंगमले बताए ।
यी बाहेक रोलिङ बजारमार्फत नेपाली घरेलु उद्यमीलाई प्रर्वद्धन गर्ने योजना रोलिङ नेक्ससको हुनेछ । यस्तै, रोलिङ उजुरीमार्फत उपभोक्ताले आफ्ना अप्ठ्यारो अथवा ठगीको गुनासो औपचारिक रुपमा राख्न मिल्ने र सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफ मागी समाधान गर्ने व्यवस्था समेत गरिएको छ । खेलप्रेमी युवा पुस्तालाई आकर्षित गर्न रोलिङ कन्टेस्टमार्फत खेलकुदको गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक हाजिरीजवाफ जस्ता मनोरञ्जनका सामग्री पनि यसमा समावेश गरिएको छ ।
मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अहिलेको अवस्थामा नयाँ सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले रोलिङ नेक्ससको शुरुवात गरिएको हो । यस्तोमा सिप नभएका वा सीप भएर पनि मौका नपाएका लाखौं मानिसहरुलाई रोलिङ नेक्ससको सञ्जाल उपयोगि हुनेमा कम्पनीको विश्वास छ ।
१८ वर्षदेखि ६५ वर्षका उमेर समुहमा पर्ने करिव दुई करोड नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण व्यवसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिन र कुनै न कुनै कार्यमा रोलिङ नेक्ससमार्फत अवसर, उत्पादनशीलता र रचनात्मक कार्यमा सहभागिता गराउँदै ब्यक्तिगतग्राहक र ब्यवसायिक ग्राहकरुलाई सेवा दिन प्रतिवद्ध रहेको जंगमले बताए ।
यो व्यवसायिक सामाजिक सञ्जालको प्लाटफर्म प्रयोग गर्न ब्यक्तिले र व्यवसायले लगईन गरि आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजे अनुसारको सेवा प्राप्त गर्न सहज हुनेछ ।
रोलिङ नेक्ससले ब्यक्ति–व्यक्ति, व्यक्ति–ब्यवसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न बिकसित गरिएको हो ।
रोलिङ नेक्ससले ब्यक्ति–व्यक्ति, व्यक्ति–ब्यवसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न बिकसित गरिएको हो । त्यसैले बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुको ब्यवसायिक दैनिकी सहज बनाउन रोलिङ नेक्सस उपयोगि बन्दै गइरहेको छ ।
प्रकाशित: २३ असोज २०७७ १३:२९ शुक्रबार