रिमालाई दीपेन्द्रको व्यंग्य- ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो’

रिमालाई दीपेन्द्रको व्यंग्य- ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो’


टिभी होस्ट रिमा विश्वकर्माले केहि समय अघि लकडाउनको समयमा कालो चिया उमाल्न सिकेको कुरा बताएकी थिईन् । जुन कुरा भाईरल हुन कत्ति समय पनि लागेन । अहिले सामाजिक सञ्जालदेखि ट्रोलमा समेत उनको मजाक उडाउने गरिएको छ ।

कालो चिया बनाउन सिकेको कुराको कारण आफु ट्रोलको शिकार बनेपछि विश्वकर्माले फेरि स्टाटस लेखेकी थिईन् । जसमा लेखिएको थियो, ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’

उक्त स्टाटसमा पनि उनको खिल्ली उडाउनेहरु ओइरो नै लागेको छ । जहाँ निर्देशक दीपेन्द्र लामाले पनि कमेन्ट गर्दै रीमालाई व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो ।’

Skip This
Logo