अन्य प्रदेश ४

पहिरो पीडितलाई बागलुङ समाज अमेरिकाको २५ लाख

15 Shares

बागलुङ ।

गत भदौ १७ गतेको बाढीपहिरोले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ ।

बाढीपहिरो पीडितलाई राहतस्वरुप नगरपालिकामार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरिकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए ।

बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिए। समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए ।

प्राप्त राहत नगरपालिकाले एकद्वार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्नेछ । बोबाङ खोलामा आएको भीषण बाढीपहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएपछि आफूहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ । बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् ।

प्रकाशित: २४ आश्विन २०७७ ०७:०८ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी