१० असोज २०७८ आइतबार

सामान्य विवादमा खुकुरी प्रहार, श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान हिरासतमा

सामान्य घरायसी विवादमा खुकुरी प्रहार गर्दा झापाको कमल गाउँपालिका– २ मा एक महिलाको ज्यान गएको छ ।

३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गर्दा २४ वर्षीया श्रीमती रिताको ज्यान गएको हो।   थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारवाट गर्धनमा गम्भीर चोट लागेकी रीताको केही समयपछि घटनास्थलमै मृत्यु भएको थियो । थापालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको छ ।

प्रकाशित: २५ असोज २०७७ १२:०० आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी