1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

कोरोनाका कारण क्यान्सर पीडित प्रहरी हवल्दारको मृत्यु

1
1
1
1
1
1
1
1

चितवन ।

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा बुधबार दिउसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमा नै बसेर उपचार गराई रहेको अवस्थामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित: ६ कात्तिक २०७७ ०७:०१ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी