११ कात्तिक २०७८ बिहीबार

0 Shares

बझाङमा वाम गठबन्धनको क्लिन स्विप्ट

बझाङ, २२ मंसिर । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ ।

आज दिउँसो घोषणा भएको परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा (एमाले)का भैरवबहादुर सिंहले नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई ७ हजार ७ सय २ मत अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् । भैरवले ३४ हजार ६ सय १२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पृथ्वीले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश (क) मा पनि नेकपा (एमाले)का उम्मेदवार अर्जुनबहादुर थापा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रा जोशीलाई ४ हजार ६ सय ७१ मतको अन्तरले पराजित गरेका थिए । थापाले १७ हजार ८ सय ६८ र जोशीले १३ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।

प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार देवकी मल्ल विजयी भएकी छिन् । उनले नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहलाई २ हजार ५ सय १ मतको अन्तरले हराएकी हुन् । मल्लले १६ हजार ७ सय ४३ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार २ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

मत परिणाम घोषणा भएपछि सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै विजयी उम्मेदवारले संविधानको कार्यान्वयन, जिल्लाको विकास र समृद्धिका लागि आफूहरुले भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित: २२ मंसिर २०७४ १८:४७ शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी