कोरोना भाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

कोरोना भाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा


अबु धाबी ।
युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो ।

बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना गर्नु परेका वित्तीय र तरलता अभावलाई सम्बोधन गरिएको छ । नयाँ कदममा डिमान्ड डिपोजिटमा यसअघि बैंकहरुले राख्नुपर्ने सुरक्षणलाई १५ प्रतिशतबाट ७ प्रतिशतमा झारिएको छ जसबाट ग्राहकले बाँकी रकम बैंकबाट झिक्न पाउने छन् । यसबाट बैंकहरुसँग करिब १७ अर्ब डलर तरलता उपलब्ध हुनेछ ।

युएईमा हालसम्म एक हजार ५ सय ५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै १० जनाको यसकै संक्रमणका कारण ज्यान गइसकेको छ । युएईमा हाल यात्रामा प्रतिबन्ध लगाउनुका साथै सपिङ मल र मनोरञ्जनका स्थलहरु बन्द गरिएका छन् । गत शनिबार रातिदेखि नै दुबईमा दुई साता लामो लकडाउन घोषणा गरिएको छ । सरकारले दुबईमा व्यापक स्वास्थ्य परीक्षण अभियान चलाउने निर्णय पनि गरेको छ ।–रासस/एएफपी

Logo