डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ-
आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । "/>

संक्रमित अझै धेरै पत्ता लाग्ने छन्- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

संक्रमित अझै धेरै पत्ता लाग्ने छन्- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ


  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ-
आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । साथै बाहिरबाट आएको व्यक्तिबाट स्थानीयलाई सरेको हुँदा नेपाल कोभिड-१९ को दोस्रो चरणमा पुगेको छ । परीक्षणको दायरा बढाएकोले यो पत्ता लागेको हो । पत्ता लाग्नु राम्रो कुरा हो । यो परिणामको कारण परिक्षणको दायरा अझै बढ्नेछ | जति व्यक्तिमा कोरोना संक्रमण छ, त्यो सबै पत्ता लागेमा रोग नियन्त्रण झनै प्रभावकारी हुनेछ । तसर्थ हामीले चिन्ता लिनु जरुरी छैन ।
           हामीसंगै एक व्यक्ति संक्रमित देखिएका बेला पाकिस्तानमा २ हजार ७०८ जना संक्रमित भएका थिए  भने ४१ जनाको मृत्यु भइसकेको थियो  । अफगानिस्तानमा २९९ संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । श्रीलंका र नेपालमा लामो समय १ जना संक्रमित भएर ग्रिन जोनमा थिए ।
         अहिले श्रीलंकामा १५९ जना संक्रमित छन् भने ५ जनाको मृत्यु भइसकेको छ । नेपालमा १ जना संक्रमित हुँदा बंगलादेशमा शुन्य संक्रमण थियो । अहिले बंगलादेशमा ७० जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । लामो समयसम शुन्य भएको म्यान्मारमा अहिले २० जना संक्रमित छन् भने १ जनाको मृत्यु भइसकेको छ ।
         त्यस्तै माल्दिभ्समा १९ जना संक्रमित छन् । हामीभन्दा थोरै अघिं रहेको भारतमा ३ हजार ८२ जना संक्रमित भएका छन् भने ८६ जनाको मृत्यु भइसकेको छ । एकजना अम्रिकन संक्रमित हुनेबित्तिकै सम्पूर्ण उडान रद्द तथा सीमा बन्द गरेको भुटानमा ५ जना संक्रमित छन् ।
         त्यस्तै हामीभन्दा पछि संक्रमित अफ्रिकन देशहरुमा संक्रमित तथा मृतकको संख्या धेरै पुगेको छ । युरोप, अमेरिका, क्यानडा, इरान, चीन, जापान, कोरिया लगायत देशमा संक्रमित र मृतक अधिक हुँदा पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन सुरक्षित रुपमा चलिरहेको छ ।
        हामी किन डराउने ? किन चिन्तित हुने ? हामी घरभित्र बसेका छौं, हात धोइरहेका छौं, बच्ने तरिका बुझेका छौं भने हामीलाई कोरोना भाइरस सर्दैन। कोरोना हामीलाई खोज्दै घरभित्र आउने हैन । हामी नै खोज्दै भीडमा जाने हो । तसर्थ सतर्क रहौं, डर बिल्कुल नमानौं । अर्को कुरा संक्रमण हुँदैमा मृत्यु हुने पनि होइन । अहिले कोरोना संक्रमणको मृत्युदर २ प्रतिशत पनि छैन ।
(यो सामग्री उहाँको फेसबुकबाट साभार गरेका हौँ)

Logo