‘सेलपे’ ले सुरु गर्‍यो घरघरमा सामान दिने ‘स्मार्टडोको’ एप्स

‘सेलपे’ ले सुरु गर्‍यो घरघरमा सामान दिने ‘स्मार्टडोको’ एप्स


काठमाडौं ।

अहिलेको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा सम्पूर्ण राष्ट्र बन्द छ । यस्तो बेलामा पनि ‘सेलपे’ को ‘स्मार्टडोको’ अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको छ ।

सरकारले विश्व व्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको छ ।

यद्यपि अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडि फायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । हाल होम डेलिभरी काठमाडौं उपत्यकाभित्र मात्र रहेको छ । वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्टडोकोले “आवश्यक वस्तुहरू बाहेक अरू कुनै पनि सामान बिक्रि वितरण गर्ने छैन ।

यसका लागि ग्राहकहरूले आफ्नो कम्प्युटर वा ल्यापटप मार्फत www.smartdoko.com मा लग इन गर्न सक्नेछन् । Android वा IOS बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरी पाउन सक्नेछन् । स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवामार्फत कारोबार गर्न मिल्नेछ ।

स्मार्टडोकोबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत QR Code Scan गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।

Logo