1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

दोलखामा एमालेका पार्वत गुरुङ विजयी

1
1
1
1
1
1
1
1

दोलखा, २३, मंसिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा अहिले सम्मकै सबै भन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरु बीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यस अघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए । यसैबीच दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् । प्रदेशसभा २ तर्फ एमालेका पशुपति चौलागाईको बिजय घोषणा हुन बाँकी छ ।

प्रकाशित: २३ मंसिर २०७४ ११:५३ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी