अन्य प्रदेश ३

एक्सन ऐडद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई हस्तान्तरण

15 Shares

काठमाडौं ।

एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी छिन् । हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४५७ सेट पीपीई उपलब्ध गराइएको बताइन् । जसको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको पनि उनले बताइन् । कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालयमार्फत सहयोग गरेको बताइन् ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गरिन् । एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्ष देखि काम गर्दै आएको छ ।

प्रकाशित: १८ कार्तिक २०७७ १४:१२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी