1
1

कक्षा १२ सम्म निःशुल्क अध्ययनका लागि सहयोग

1
1
1

काठमाडौँ । भक्तपुर नगरकोट– ३ का रिना श्रेष्ठकी छोरी १२ वर्षीया लक्ष्मी श्रेष्ठले पठनपाठनका लागि सहयोग प्राप्त गरेकी छन् । सहयोग प्राप्त भएसँगै अब लक्ष्मीले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने भएकी हुन् ।

बुबाको मृत्युपछि आर्थिक अभावमा अध्ययनका लागि समस्या भएपछि क्यानडास्थित गैरसरकारी संस्था सीमाविहीन सहयोग हातहरू र हाँडीगाउँस्थित टंगाल उच्च माध्यमिक विद्यालयको संयुक्तरूपमा सहयोग प्रदान गरेको हो ।

संस्थाका नेपाल प्रतिनिधि माधवराज घिमिरेले बुधबार विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीलाई सहयोग रकम (रू. ५० हजार) हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै घिमिरेले लक्ष्मीलाई सहयोग जारी रहने जानकारी दिए ।

विद्यालयले उक्त रकमबाट कृषि विकास बैंकमा मुद्दती खाता खोल्ने जनाएको छ । बैंकबाट आउने ब्याजबाट लक्ष्मीका लागि अध्ययन सामग्री र पोसाक खरिद गरिने जनाएको छ । कक्षा १२ उत्तीर्ण गरेपछि खाताको रकम लक्ष्मीले झिक्न पाउने छिन्।

प्रकाशित: २० कात्तिक २०७७ १०:५७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी