काठमाडौँ। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच आज भेटवार्ता हुँदैछ। सेना प्रमुख नरवणे र प्रधानमन्त्री अोलीबीच आज दिउँसो भेटवार्ता हुन लागेको हो।
प्रधानमन्त्री अोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ । दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ । यसअघि भारतीय रअ का प्रमुख सामन्त गोयल असोज ५ गते नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेर फर्किपछि नरवणे नेपाल आएका हुन् ।
बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपती मन्दीर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरेका थिए । बिहिबार नै उनले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।
राष्ट्रपति भण्डारीले दुई देशबीच वार्ताको वतारण बनाउन भूमिका खेल्न आग्रह गरेको बताइएको छ । दुई देशबीच उच्चस्तरी भ्रमणहरु गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेकी थिइन् । त्यसका जवाफमा भारतीय सेना प्रमुख नरवणेले नेपालको सन्देश आफूले दिल्लीसम्म पुर्याइ दिने प्रतिबद्धता जनाएका थिए ।
अहिले माउन्टेल फ्लाइटका लागि नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेका नरवणे हिमालको अवलोकन गरेर फर्केर शिवपुरीस्थित सैनिक स्टाफ कलेज जानेछन् । त्यहाँ सैनिकलाई सम्बोधन गर्नुको साथै त्यहाँबाट खाना खाएर काठमाडौं फर्कि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नेछ ।
भारतीय सेना प्रमुख नरवणे आज पाँच वजे विशेष विमानबाट भारत फर्किने कार्यतालिका छ।
प्रकाशित: २१ कात्तिक २०७७ १२:१६ शुक्रबार