चीनमा मंगलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

चीनमा मंगलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो


बेइजिङ ।
चीनमा थप ३६ जना व्यक्तिमा हिजो मंगलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मंगलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।

यसैगरी मंगलबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको निधन भएको जनाइएको छ । निधन भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३ सय ४४ को ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संघठनले बुधबार जारी गरेको विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १ सय ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छन् । यस प्रकोपबाट चीनमा ८१ हजार ५ सय ५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३ सय १२ को निधन भएको छ । यसैबीच ७६ हजार २ सय ३८ निको भएर घर फर्किएका छन् ।–रासस /सिन्ह्वा

Logo