खोटाङ,२६,मंशिर
जुम्रा मार्न टाउकोमा लगाईएको विषादीका कारण खोटाङमा ७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वाँस्तोलाकी ७ वर्षिया छोरी सुनिता वाँस्तोलाको मृत्यु भएको हो ।
मृतक सुनिताकी आमाले राती सुत्ने बेलामा छोरीहरुको टाउकोको जुम्रा मार्न मेटासिट लगाईदिएकी थिइन् । बिहान उठ्दा छोरीहरु सिकिस्त अवस्थामा भेटिएपछि सदरमुकाम दिक्तेल बजार स्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसके पछि काठमाण्डौं लैजाँदै गर्दा शनिबार राती साँढे ११ बजे बाटोमा पर्ने खुर्कोटमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनितासँगै सिकिस्त बनेकी उनकी ११ वर्षिया दिदी भावना वाँस्तोलाको भने काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार भईहेको बताईएको छ ।
नेपाल समाचारपत्रबाट
प्रकाशित: २६ मंसिर २०७४ ०६:१६ मंगलबार