११ कात्तिक २०७८ बिहीबार

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु

दाङ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा देउखुरीमा तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका– ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । मृतक ३ जनाको टाउकोमा गम्भीर चोट देखिएको छ ।अन्नपूर्णबाट

प्रकाशित: २६ कात्तिक २०७७ ०६:२१ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी