११ माघ २०७८ मंगलबार

0 Shares

नेपालमा सर्वाधिक लोकप्रिय १० कुकुर (भिडियोसहित)

काठमाडौँ । तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार। धार्मीक परम्परा अनुसार मानिसहरुले कुकुरको पुजा गरेर मिठो मसिनो खानेकुरा खान दिई कुकुर तिहार मनाउने गरिन्छ ।
कुकुरलाई मानिसको असल र वफादार साथीको रुपमा लिईन्छ । त्यति मात्र नभई हिन्दु परम्परामा कुकुरलाई भगवानको स्वरुप मानेर पुज्ने समेत गरिन्छ ।
पछिल्लो समय नेपालमा कुकुर पाल्नेहरुको संख्यामा निकै वृद्धि भएको छ । सामान्य रुपमा हेर्दा धेरैले घरको शोभा बढाउनका लागि कुकुर पाल्ने गरेको पाईएको छ । कसैले घरको सुरक्षाको लागि कुकुर पाल्ने गरेका छन् । प्रस्तुत छ, विगत २ दशकदेखि व्यवसायिक रुपमा कुकुर पालन र तालिम प्रदान गर्दै आएका व्यवसायी प्रविन बज्रचार्यसंगको कुराकानीमा आधारिक सामाग्री ।
१. जापनिज स्पिज
अहिलेको अवस्थामा नेपालमा सबैभन्दा धेरै पालिने कुकुर हो जापानिज स्पिज । यो कुकुरमा सेतो रंगको भुवा हुने हुँदा हेर्दा निकै आकर्षक देखिन्छ । साईजमा सानो हुने यो कुकुर पाल्न पनि निकै सजिलो र अरु कुकुरको तुलनामा केहि सस्तो पनि हुने गर्दछ । २५ देखि ३५ सेमी अग्लो हुने यसको आयु १० देखि १६ वर्षको हुने गर्दछ ।
२. जर्मन शेफर्ड
नेपालमा सबैभन्दा धेरै पालिने कुकुरको दोस्रो नम्बरमा जर्मन शेफर्ड पर्दछ । यो कुकुर ५० देखि ६० सेमी सम्म अग्लो हुने भएकोले अलि ठूलो कुकुर मन पराउने मानिसहरु यसलाई पाल्ने गर्दछन् । ९ देखि १३ वर्षसम्म बाँच्ने यो कुकुर वाच डगको रुपमा पालिन्छ भने यो आफ्नो मालिकप्रति निकै वफादार पनि हुने गर्दछन् ।
३. ल्याब्राडोर 
कालो, पहेँलो र डार्क चकलेट कलरमा हुने ल्याब्राडोर कुकुर पछिल्लो समय नेपालमा निकै रुचाईएको कुकुर हो । उचाईमा ५५ देखि ६० सेमी अग्लो हुने भएपनि यसलाई गार्डको रुपमा नभई बढी जसो साथीको रुपमा पालिने गरिन्छ । किनभने अरु कुकुरभन्दा ल्याब्राडोर अलि धेरै घुलमिल हुने, सोझो र चाँडै कुरा बुझ्ने स्वभावको हुने गर्दछ । २५ देखि ३५ केजि तौलसम्म हुने यो कुकुरको आयु १० देखी १२ वर्षको हुने गर्दछ ।
४. गोल्डेन रेट्रिभर 
नेपालमा सबैभन्दा धेरै पालिने कुकुरहरुको चौँथो नम्बरमा पर्ने कुकुर हो गोल्डेन रेट्रिभर । यो कुकुर गोल्डेन, लाईट गोल्डेन, डार्क गोल्डेन, क्रिम लगायतका कलरहरुमा उपलब्ध हुने गर्दछ । ल्याब्राडोर जस्तै देखिने यो कुकुरको विशेषता पनि केही हदसम्म ल्याब्राडोर संगै मिल्दोजुल्दो हुने गर्दछ । ५० देखि ६० सेमी सम्म अग्लो हुने यो कुकुर मिलनसार, ट्रेनिङ गराउन सजिलो र हेर्दा पनि आकर्षक हुने गर्दछ । २५ देखि ३५ केजीसम्म तौल हुने यस कुकुरको आयु १० देखि १२ वर्षसम्म हुने गर्दछ ।
५. ककर स्पानियल 
ककर स्पानियललाई मानिसहरु वाच डगको रुपमा र घरको शोभा बढाउन दुबै थरिका मानिसहरले पाल्ने गर्दछन् । कालो, सुन्तला, गाढा निलो, पांग्रे लागायत धेरै रंगहरुमा पाईने यो कुकुर निकै आकर्षक र वफादार हुने भएकोले यसलाई पाल्न रुचाउनेहरु पनि बढ्दै भएका छन् । यो कुकुर अन्य कुकुरहरुभन्दा केहि शान्त स्वभावको पनि हुने गर्दछ । १० देखी १५ वर्ष लामो आयु हुने ककर स्पानियल ३५ देखी ४० सेमी अग्लो हुने गर्दछ भने १२ देखी १६ केजीसम्म वजन हुने गर्दछ ।
६. बक्सर
अरुको भन्दा केही फरक किसिमको कुकुर पाल्न रुचाउने मानिसहरुको रोजाईमा पर्ने कुकुर हो बक्सर । ट्रेन गराउन सजिलो यो कुकुरको व्यवहार मिलनसार, वफादार, निडर र केही शान्त हुने गर्दछ । खैरो, सेतो लगायत २–३ रंगमा उपलब्ध भएपनि यो कुकुरको अनुहार भने कालो नै हुने गर्दछ । यो कुकुरको आयु पनि १० देखी १२ वर्षको हुने गर्दछ भने ५५ देखी ६० सेमी अग्लो र २५ देखी ३० केजी तौल सम्मको हुने गर्दछ ।
७. डोबरमन
बक्सरपछि डोबरमन कुकुरलाई पनि नेपालीहरुले मन पराउने गरेको पाईएको छ । यस कुकुरलाई विशेष गरि गार्डको रुपमा पालिन्छ । पातलो र अग्लो शारिरीक बनोटको हुने हुँदा यो कुकुर निकै फुर्तिलो हुने गर्दछ । डार्क कलरहरुमा पाईने यो कुकुरको आयु १० देखी १३ वर्षसम्मको हुने गर्दछ । त्यस्तै ६५ देखी ७० सेमिसम्म अग्लो हुने यो कुकुरको वजन ३५ देखी ४५ केजीसम्म हुने गर्दछ ।
८. ल्हासा एब्सु
नेपालमा सबैभन्दा धेरै पालीने कुकुरहरुको आठौँ नम्बरमा पर्ने कुकुर हो, ल्हासा एब्सु । एब्सु जातको कुकुर सानो र लामो कपाल भएको हुने गर्दछ । २५ देखी २८ सेमिमात्र अग्लो हुने यो कुकुर आफ्नो मालिकसंग धेरै नै नजिक हुने, झुम्मिने गर्दछ । त्यसैले एब्सु पाल्ने मानिसहरु अरु कुकुरहरुभन्दा पनि एब्सु नै पाल्न रुचाउँछन् । यसको आयु १२ देखी १४ वर्ष लामो हुने गर्दछ ।
९. भोटे (टिबेटेन मास्टिफ)
हिमाली भेगमा भेँडा बाख्राको सुरक्षाको लागी गार्डको रुपमा पालिने भोटे कुकुर अर्थात् टिबेटेन मास्टिफ पनि पछिल्लो समय मानिसहरुको रोजाईमा पर्न थालेको छ । यो कुकुर यहाँ उल्लेख गरिएका कुकुरहरु मध्ये सबैभन्दा महंगो कुकुर पनि हो । जुनसुकै मौसममा पनि आफुलाई स्वस्थ राख्न सक्ने भएकोले यसलाई पाल्न पनि सजिलो हुने गर्दछ । ठुलो र अग्लो शारिरीक बनावटको यो कुकुर आफ्नो कामको बेला काम गर्ने नत्र अरुबेला नभुक्ने भएकोले यसले डिस्टर्ब पनि गर्दैन । ओरिजिनल भोटे कुकुरको आयु १२ देखी १५ वर्ष लामो हुने गर्दछ । त्यस्तै यो ६५ देखी ७५ सेमी अग्लो हुने गर्दछ भने ४५ देखी ७५ केजीसम्म तौल हुने गर्दछ ।
१०. पग
नेपालमा सबैभन्दा धेरै पालीने कुकुरहरुको दशौँ नम्बरमा पर्ने कुकुर हो पग । यो कुकुरलाई मानिसहरु गुडलकको रुपमा, साथीको रुपमा पाल्ने गर्दछन् । साईजमा पनि सानो हुने हुँदा पाल्न, राख्न र कतै लैजान पनि पग निकै सजिलो हुने गर्दछ । २५ देखी ३० सेमी अग्लो हुने यो कुकुरको आयु १२ देखी १५ वर्ष लामो हुने गर्दछ ।

यो पनि 

प्रकाशित: २९ कात्तिक २०७७ १३:१३ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी