अन्य प्रदेश १

प्रधानमन्त्री मंसिर ८ गते ताप्लेजुङको घुन्सा जाने

15 Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ८ गते ताप्लेजुङको घुन्सा जाने भएका छन् ।

यसअघि मंसिर ५ गतेलाई तय भएको कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन् ।

घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रकाशित: ५ मंसिर २०७७ १३:२८ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी