अन्य प्रदेश १

किशोरी बलात्कार गर्ने पक्राउ

15 Shares

सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्तीकरण गरेको अभियोगमा हरिनगर गाउँपालिका-६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ५ मंसिर २०७७ १९:२६ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी