हङकङका एक नेपालीमा कोरोना भाइरसको संक्रमण

हङकङका एक नेपालीमा कोरोना भाइरसको संक्रमण


हङकङका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

नेपालको पोखरानिवासी २८ वर्षीय युवकको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । हङकङमा उनी केस नम्बर ३९४ औं मा परेका छन्।

सहकर्मीलाई कोरोना भाइरस संक्रमण भएपछि परिक्षण गर्दा उनमा पनि पोजिटिभ देखिएको हो । उनको अहिले हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।

उनी विगत १० वर्षदेखि हङकङमा बसोबास गर्दै आएका थिए । अविवाहित गुरुङ आफ्ना बाबा, भाइ बुहारीसँग युनलोङमा बस्दै आएका छन्।

हङकङमा कोरोना भाइरसबाट ४ जनाको ज्यान गैसकेको छ भने ४१० जना  संक्रमित भैसकेका छन् ।

 

Skip This
Logo