अन्य प्रदेश ३

नेपाली काँग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम

15 Shares

काठमाडौं ।

रगत अभावले कुनै पनि मानिसले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नेपाली काँग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले उक्तदान कार्यक्रम गरेको छ ।

कोरोना महामारीमा रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समितिले आज काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो । सम्पर्क समितिका सभापति बाबुराम आचार्यले शनिबार (आज) विहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

समितिले कोरोना महामारीको चपेटाका कारण संक्रमण भएका काठमाडौं बस्ने सुनसरीबासीलाई हर्लिक्स, च्यावनप्रास लगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ । यस्तै माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री पनि समितिले सहयोग गरिरहेको छ ।

कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गर्दै सबै किसिमका स्वास्थ्य मापदण्ड कायम गरी आयोजना गरिएको आयोजकले बताएको छ । रक्तदानसँगै कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रम समेत गरिएको छ ।

प्रकाशित: १३ मंसिर २०७७ १४:३३ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी