लुम्बिनी प्रदेश स्काउटको दीक्षान्त समारोह सम्पन्न

बुटवल ।

लुम्बिनी प्रदेश स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक शंकर पोखरेल तथा सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट शुदर्शन बरालको उपपस्थितिमा नवनियुक्त लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको हो ।

प्रदेश राजधानी बुटवलमा आज आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक मुख्यमन्त्री तथा प्रदेश प्रमुख स्काउटलाई स्काउटको दीक्षा प्रदान गरेका थिए । नवनियुक्त प्रदेश स्काउट सल्लाहकारका साथै प्रदेश स्काउटका संयोजक तथा सदस्यहरूलाई प्रमुख स्काउटले स्काउट दीक्षासँगै पद तथा गोपनीयताको सपथ गराएका थिए ।

कार्यक्रममा सभापतित्व ग्रहण गर्दै राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट, लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिले सबै पूराना स्काउट अग्रजहरूको सल्लाह सुझाव र प्रदेश सरकारको मार्गनिर्देशनका आधारमा अघी बढ्नु पर्नेमा जोड दिए । आफ्नो मन्तव्यको क्रममा प्रदेश सांसद भूमिश्वर ढकालले लुम्बिनी प्रदेश सरकारले स्काउट अभियानमा भरपूर लगानी गर्नु पर्ने धारणा व्यक्त गरे । माननीय प्रमुख स्काउट सुदर्शन बरालले प्रदेशका सबै विद्यालय र आम बालबालिका तथा युवाहरूमा स्काउट शिक्षा पुर्याउन आफू पूर्ण प्रतिबद्ध रहेको
बताए ।

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक शंकर पोखरेलले लुम्बिनी प्रदेशका १०९ वटै पालिकासम्म सकाउटिङ अभियान विस्तार गर्ने कार्य तुरन्त अघि बढाउन नवगठित समितिलाई निर्देशन दिए। मन्तव्यकै क्रममा मुख्यमन्त्रीले प्रदेश स्काउट संचालनका लागि आवश्यक आर्थिक अनुदान रकम विनियोजन गरिएको समेत जानकारी गराए ।

नेपाल स्काउटले युवा नेतृत्व दीनानाथ भट्टराईको संयोजकत्वमा गत कार्तिक ०६ गते १५ सदस्यिय लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति गठन गरेको थियो ।

प्रकाशित: १४ मंसिर २०७७ १७:२१ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी