काठमाडौंमा एक जनामा कोरोना भएको पुष्टि

काठमाडौंमा एक जनामा कोरोना भएको पुष्टि


काठमाडौं ।
काठमाडौंमा एक जनामा कोभिड १९ भएको पुष्टि भएको छ । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै नेपालमा पनि कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

संक्रमित महिला चैत्र ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् ।  त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै उनको सम्पर्कमा आएका परिवारलाई पनि आइसुलेसनमा राखिएको उल्लेख गरिएको छ । अहिले ती संक्रमितको परिचय भने खुलाईएको छैन ।

सोमबार स्वास्थ्य मन्त्री ढकालले थप एक जनामा कोभिड–१९ भएको पुष्टि गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । केही समय पहिले चीनबाट बिदा मनाउन नेपाल फर्किएका एक नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको थियो । अहिले ती व्यक्ति भने पूर्ण रुपमा निको भइसकेका छन् ।

Skip This
Logo