हल्लाकाबीच शेयर बजार खुला, १८ अंकको गिरावट

हल्लाकाबीच शेयर बजार खुला, १८ अंकको गिरावट


काठमाडौँ ।  बन्द हुने हल्लाकाबीच खुलेको शेयर बजारमा आइतबार १८.२० अंकले गिरावट आएको छ ।

१२५१ विन्दुमा पुगेर कारोबार रोकिएको नेप्से आइतबार १९ करोड ४६ लाख ४२ हजार ९ सय ८४ रुपैँया बराबरको कारोबार गरेको छ । यस अवधिमा ४ लाख ८० हजार ५ सय २७ कित्ता शेयरको किनबेच भएको छ ।

आइतबार होटल,निर्जीवन बीमा कम्पनी तथा अन्य कम्पनीहरुको बाहेक कुनै पनि कम्पनीको कारोबारमा सुधार आउन सकेन । त्यसबाहेका अन्य सबै समूहहरुको कारोबारमा गिरावट आएको छ ।

Logo