२७ साउन २०७९ शुक्रबार
1
1
1
1

‘मृगौला बचाउ अभियान’ घोषणा गर्दै काठमाडौं महानगर

1
1
1
1
1

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । ‘यस बर्षको महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेको पूर्वाधार विकास, सम्पदा निर्माण–पुर्ननिर्माण, सेवा प्रवाह लगायतका सन्दर्भमा नागरिकको अभिमत लिने लगायतको तयारी गरेका छौँ ।’

बुधबार बसेको २६ औं महानगर दिवस मुल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको कामाठाडौं महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा यस अघि पनि थुप्रै कार्यक्रम गर्दै आएको छ । रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर मृगौला रोग लाग्नै नदिनका लागि के–कस्तो उपाय अपनाउनु पर्छ भन्ने जस्ता जनचेतानामुलक कार्यक्रम गर्ने लगायतको अभियान सञ्चालनका लागि ‘मृगौला बचाउ अभियान’ घोषणाको तयारी गरेको हो ।’

उनले काठमाडौं महानगरपालिकाले भगिनी सम्वन्ध स्थापित गरेका नगरहरुले दिएका पीसीआर मेसिन लगायतका स्वास्थ्य सामग्री विभिन्न अस्पताललाई दिई स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पहल गरेको पनि स्मरण गराए । उनले काठमाडौं महानगरपालिका संघीय राजधानीको समेत महानगरपालिका भएकोले देशभरीबाट आएर बसोवास गर्ने सबैले स्तरिय सेवा प्राप्त गर्नुपर्छ भन्ने हेतुले अघि बढेको स्मरण गराए।

शाक्यले कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष रााष्ट्रिय सभा गृहमा सीमित व्यक्तिहरुका बीच कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि जानकारी दिए । नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालीमाटी चोक, कलंकी, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, बसन्तपुर, रत्नपार्क, न्युरोड, स्वयम्भू, पशुपति, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनी लगायतका विभिन्न ३० स्थानमा वुथ राख्ने तयारी महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने बताएको छ । त्यसैगरी इन्द्रजात्रा सम्वन्धी ऐतिहासिक पुस्तक पनि विमोचन गर्ने भएको छ । उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान कार्यक्रम पनि गर्ने भएको छ ।

काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यस बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार दिइनेछ । ४ जनाले पाउने यो पुरस्कार २ जना पुरुष २ जना महिलालाई प्रदान गरिनेछ । १९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो । यस बर्ष २६ औं दिवसका कार्यक्रम सञ्चालन हुँदैछन् ।

प्रकाशित: २५ मंसिर २०७७ ०७:२९ बिहीबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी