२० असार २०७९ सोमबार
1
1
1
1

हप्तामा २ दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिद्वारा सरकारलाई सिफारिस

1
1
1
1

काठमाडौं ।

सरकारी अध्ययन समितिले सरकारलाई हरेक हप्ता २ दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । समितिले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै हरेक हप्ता २ दिन सार्वजनिक बिदा दिने गरी सरकारलाई सिफारिस गरेको जानकारी गराएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस अघि हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई , पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव अधिकारी लगायत अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी रहेका छन् ।

उक्त समितिले हप्तामा दुई दिन बिदा दिंदा आर्थिकरूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने तथा सरकारी खर्च कटौती समेत हुने भन्दै हप्तामा २ दिन बिदा दिन सिफारिस गरेको हो ।

समितिको प्रतिवेदनमा ‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने तथा व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं समितिका सदस्य कमलप्रसाद भट्टराईले छलफलका लागि प्रतिवेदन खुला गरिएको बताएका छन् ।

प्रकाशित: २५ मंसिर २०७७ १६:०२ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी