‘टेली टु’ द्वारा एक करोड ३८ लाख नतिर्ने १० कम्पनीको नाम सार्वजनिक

‘टेली टु’ द्वारा एक करोड ३८ लाख नतिर्ने १० कम्पनीको नाम सार्वजनिक


काठमाडौं । टेली टु नेपालले पटक पटक ताकेता गर्दा रकम भुक्तानी नगरेको भन्दै मोबाइल कारोबार गर्ने १० कम्पनी तथा व्यवसायीहरूको नाम सार्वजनिक गरेको छ । उनीहरूले एक करोड ३८ लाख रुपैया भुक्तानी नगरेको कम्पनीले जनाएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले लामो समयदेखि मोबाइल फोन सम्बन्धी कारोबार गर्दै आएका टेली टेक नेपाल, क्रिशक्ती टेलिकम, टेली फोर्ट र टेली जोन प्रालिबाट १० कम्पनी तथा पसलले कारोबार गरेर समयमा भुक्तानी नगरेको जनाएको हो ।

त्यस्तै, ती कम्पनीहरुबाट सामान लगेर बिक्रि वितरण गर्ने तर भुक्तानी नगर्ने र भुक्तानीकालागि पटक–पटकको तागेता गर्दा पनि नसुन्ने गरेका कारण त्यस्ता कम्पनी र पसलहरुको नाम, सञ्चालक र भुक्तानी गर्न बाँकी रकम सार्वजनिक गर्न बाध्य भएको कम्पनीले जनाएको छ ।

वषौंसम्म पनि भुक्तानी नगर्ने कम्पनीहरुमा मनकामना मोवाइल हाउसका सञ्चालक अनिस तिवारीले २ लाख रुपैयाँ टेली टु प्रालिलाई, कोहिनुर मोवाईल मर्मत केन्द्रका सञ्चालक सावित्री पाण्डे श्रेष्ठले १० लाख टेली फोर्टलाई, न्यु वाक एण्ड टक प्रालिका सञ्चालक माघव रोक्काले ३५ लाख रुपैंया टेली टु र टेली फोर्ट दुवैलाई, के.टी.एम मोवाइल (ताम्राकार कम्प्लेक्स)का सञ्चालक कृष्ण बहादुर क्षेत्रीले १५ लाख रुपैंया टेली टु र टेली फोर्ट दुबैलाई नबुझाएको जनाएको छ ।

त्यस्तै, सुर्य तारा मोवाइल पसल (पाको नयाँ सडक)रवि साहीले ४ लाख रुपैंया टेली टु प्रालिलाई, सप्नेश्वर ट्रेड लिंङ्क (बनेपा)का सञ्चालक सरोज लामिछानेले ४ लाख ५० हजार रुपैंया क्रिशती टेलिकम प्रालिलाई, गोयन्का इनफोसिसका सञ्चालक अचल गोयन्काले ३ लाख ५० हजार रुपैंया त्रिशक्ति टेलिकमलाई, टेली फाइनका (पाको न्युरोड) सञ्चालक मिना प्रजापतिले १ लाख रुपैंया टेली टु प्रालिलाई, पिपल्स मोवाइलका सञ्चालक सुरेन्द्र महर्जनले ३ लाख रुपैंया टेली टु प्रालिलाई र सिटिभी मोवाइलका सञ्चालक किसन राईले ६० लाख टेली टुलाई नबुझाएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले आजका मितिले सात दिनभित्र रकम भुक्तानी नगरे कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

Skip This
Logo