लोकसेवा आयोगको परीक्षा तत्कालका लागि स्थगित

लोकसेवा आयोगको परीक्षा तत्कालका लागि स्थगित


काठमाडौं ।
लोकसेवा आयोगले चैत ८ गतेदेखि गर्ने सम्पूर्ण परीक्षा तत्कालका लागि स्थगन गरेको छ । विश्वभर नोवेल कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सरकारले सतर्कता अपनाउन गरेको निर्णयको कार्यान्वन गर्दै आयोगले परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को संक्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई यही चैत ८ देखि चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थानतर्फ लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ’

यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ ।–रासस

Logo