१३ मंसिर २०७८ सोमबार

काठमाडौं उपत्यकामा आज ३११ जनामा कोरोना पुष्टि

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ३११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २३५, भक्तपुरमा २१ र ललितपुरमा ५५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९४ हजार ६८५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ६६४ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ८४९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १८ हजार ४२२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ जना पुगेको छ । आज ७४२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ७९ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार ३५१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ७७ हजार १८१ रहेको छ । आज ७ हजार ९७६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

प्रकाशित: ६ पुष २०७७ १६:२६ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी