हप्ता दिनका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने निर्णय

हप्ता दिनका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने निर्णय


काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) विश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सृजना भएको भन्दै नेपालमा पनि आगामी एक हप्ताका लागि सबै खेल गतिबिधीहरु बन्द हुने भएका छन् ।

विश्वका ठूला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भेला हुने सम्पूर्ण गतिबिधी तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने बताएको हो ।

यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्बन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

Logo