राजेश हमाल र नीताको अभिनयमा ‘आफ्नै नाम मन पर्‍यो’ सार्वजनिक (भिडियो)

राजेश हमाल र नीताको अभिनयमा ‘आफ्नै नाम मन पर्‍यो’ सार्वजनिक (भिडियो)


काठमाडौं ।

गायिका लक्ष्मी आचार्यको लोकगीत ‘आफ्नै नाम मन पर्‍यो’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र विश्वकर्माले स्वरमा साथ दिएका छन् ।

प्रेमिल शब्दले भरिएको गीतमा प्रल्हाद सुवेदीको शब्द तथा वसन्त थापाको संगीत रहेको छ । फिल्मी शैलीमै तामझामका साथ तयार गीतको म्युजिक भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढुंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । भिडियो :

 

 

Logo