लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प

लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प


कास्की ।
कास्कीको लुम्ले केन्द्रविन्दु भएर केहि बेर अघि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बेलुका ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताए।

भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

Logo