विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ अब नेपालमा पनि (भिडियोसहित)

विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ अब नेपालमा पनि (भिडियोसहित)


काठमाडौँ ।

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ विथ द स्टार नेपाल’ अब नेपालमा आयोजना हुने भएको छ ।

वैशाखको पहिलो सातादेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको पहिलो सिजन २६ एपिसोडको हुने आयोजकले बताएका छन् । बेलायत, अमेरिका, अस्ट्रेलिया, भारत लगायत विश्वका ६० भन्दा धेरै देशहरुमा प्रसारण भईसकेको यस शोको फ्रेन्चाइजलाई हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘डान्सिङ विथ द स्टार नेपाल’का आयोजक र टाइटल तथा अन्य स्पोन्सरबीच साइनिङ्ग सेरेमोनी सम्पन्न भएको थियो ।

यस प्रतिस्पर्धामा फरक फरक विधाका १२ जना प्रतिस्पर्धी रहेका छन् । १२ प्रतिस्पर्धिहरुलाई १२ जना नै कोरियोग्राफरहरुले नृत्य सिकाउनेछन । प्रतिस्पर्धिहरुमा पहिलो नेपाल आईडल विजेता बुद्ध लामा, दृष्टिबिहीन सृष्टि केसी, टिकटक जुम्ल्याहा दीपा र दामन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप बिक्रम शाही, लोक तथा दोहोरी गायिका ज्योति मगर, मोडल तथा नायिका सुमी मोक्तान र फुटबल क्याप्टेन अनिल गुरुङ रहेका छन् ।

प्रतियोगिताका निर्णायकहरुमा कलाकार गौरी मल्ल र निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई रहेका छन् भने १ जना निर्णायकलाई गोप्य राखिएको छ । हेरौं यो भिडियोमा :

 

 

Logo