काठमाडौं ।
काठमाडौं उपत्यकामा आज २३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जनामा संक्रमण पुष्टि भएका छन् ।
अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९७ हजार ९१९, भक्तपुरमा ८ हजार ९५० र ललितपुरका १५ हजार ४०४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २२ हजार २९१ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ जना पुगेको छ । आज ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५७८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८९३ पुगेको छ।
नेपालमा हालसम्म १९ लाख ५७ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ५५१ सय जनाको परीक्षण गरिएको छ ।
प्रकाशित: २१ पुष २०७७ १६:३६ मंगलबार