काठमाडौं ।
काठमाडौं उपत्यकामा आज २३३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएका छन् ।
अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९८ हजार ७८, भक्तपुरमा ८ हजार ९७४ र ललितपुरका १५ हजार ४५४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २२ हजार ५२३ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ जना पुगेको छ । आज ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४९५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८९९ पुगेको छ।
नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ६ हजार ७०६ सय जनाको परीक्षण गरिएको छ ।
प्रकाशित: २२ पुष २०७७ १६:३४ बुधबार