वैवाहिक जीवनमा बाँधिदै आँचल र उदिप

वैवाहिक जीवनमा बाँधिदै आँचल र उदिप


काठमाडौं । अभिनेत्री आँचल शर्माको वैवाहिक समारोह काठमाडौंमा चलिरहेको छ । वैवाहिक जीवनमा बाँधिदै गरेकी आँचलले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्य र कलाकारहरुको मात्र उपस्थिति रहेको बुझिएको छ । उनको विवाहको स्थान पनि गोप्य राखिएको छ ।

आँचल र उदिपले बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह पनि आयोजना गरेका थिए । मेहेन्दी समारोहमा दुबैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए । आज विवाह सम्पन्न भएपछी रिशेप्सन पार्टी भने चैत्र १ मा आयोजना हुने बुझिएको छ ।

विगत एक वर्ष देखि प्रेम सम्बन्धमा रहेका आँचल र उदिपले गत फागुन १२ गते इन्गेजमेन्ट गरेका थिए ।

Logo