बैंक अफ काठमाण्डूको ‘बिओके सफलता’ मुद्दती खाता

बैंक अफ काठमाण्डूको ‘बिओके सफलता’ मुद्दती खाता


काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘ बिओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । “सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधाको उपयोग गर्न सक्नेछन् ।

उक्त मुद्दती खाता २५ हजारदेखी नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ । साथै, बीमा सुबिधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तता भए ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख तथा औषधी उपचारको लागि १ लाखको बीमा सुबिधा अन्तर्गत बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार सम्मको बिमा सुबिधाको उपयोग गर्न सकिनेछ । बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्तर्गत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Logo