१० असोज २०७८ आइतबार

गृह मन्त्रालयद्वारा ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं ।

गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार दिउसो बसेको बढुवा समितिको बैठकपछि मन्त्रालयले सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्ने बताइएको छ ।

प्रकाशित: १ माघ २०७७ ०७:४७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी