बहुबली शैलीमा कमल थापाले भने – ‘म कहिल्यै पार्टी फुटाउँदिन’

बहुबली शैलीमा कमल थापाले भने – ‘म कहिल्यै पार्टी फुटाउँदिन’


काठमाडौं ।

राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता कार्यक्रमलाई आज संबोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले अब राप्रपा कहिल्यै नफुट्ने बताएका छन् । अध्यक्ष थापाले पार्टी फुट्दैन भनेपछि उनले आफ्ना कार्यकर्ताहरुलाई समेत सम्झाए । पूर्वबक्ता राजेन्द्र लिङदेनलाई संकेत गर्दै उनले भने – ‘हामीले गल्ती गर्यौं होला, तर तपाईंहरुले पनि हस्ताक्षर नगरेको भए विगतमा पार्टी फुट्दैन थियो होला नि !

राप्रपा अध्यक्ष कमल थापाले मन्तब्यको अन्त्यतिर बाहुबली शैलीमा भने– ‘म कहिल्यै पार्टी फुटाउने छैन ।’ उनले यसो भनेपछि उपस्थित कार्यकर्ताले नपत्याएको प्रतिक्रिया दिए । त्यसपछि उनले ‘गीता’ देखाएर भने – ‘म गीता छोएर कसम खान्छु ।’ उनले गीता छोएर कसम खाएपछि कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए ।

यसअघि थापाले भने प्रजातन्त्रको बिकल्प छैन । उनले भने – ‘राप्रपाको मेरुदण्ड भनेको प्रजातन्त्र पनि हो ।’ अध्यक्ष थापाले प्रजातन्त्रप्रतिको सदासयता प्रकट गरेपछि उनले नेकपा र नेकपाको सरकारले गरेका गल्तीहरुलाई जोडतोडकासाथ उठाए । सरकारका विभिन्न भ्रष्टाचारका काण्डहरुको नाम आक्रामकरुपमा लिए । तर उनले विपक्षी कांग्रेसलाई पनि छोडेनन् । उनले भने –‘ सरकारका सवै गल्ती र फटाईंहरुमा विपक्षी कांग्रेस पनि सहभागी छ ।’ उनले हिन्दू राष्ट्र र राजसंस्थाको समेत वकालत गरे ।

Logo