अन्य प्रदेश ३

भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई अनुदान दिने

15 Shares

काठमाडौं ।

भारत सरकारले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरि भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिइएको हो ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खटिने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिइने बताए । खोपका लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पूरा भइसकेको उनले जानकारी दिए ।

आवश्यक खोप बिहिबार नै काठमाडौँ आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्र्याउन पनि खरिद प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलोचरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडि बढाइने उनको भनाइ छ ।

प्रकाशित: ७ माघ २०७७ १६:१२ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी