अन्य

बलात्कार र बहुविवाह अभियोगमा पक्राउ

15 Shares

अपहरण गरी शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त घोडाघोडी नगरपालिका-२ साँडेपानी बस्ने छित्ता भन्ने २४ वर्षीय अर्जुन बिकलाई जिल्ला प्रहरी कार्यालय  कैलालीले पक्राउ गरेको छ । तत्काल १३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका-१० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई बलात्कार गरेकाे अभियोग छ । उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार ४ जना अभियुक्तलाई घटनाको १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी नगरपालिका-६ जाली बस्ने ३५ वर्षीय सियाराम चौधरी, सोही ठाउँ बस्ने टेकुवा भन्ने ३३ वर्षीय टिकाराम चौधरी, सुनिल भन्ने ३१ वर्षीय कालुराम कुमाल र ३३ वर्षीय तारा प्रसाद चौधरी रहेका छन् । २०६२ साउन ११ गते राति धनगढी नगरपालिका-६ जाली गाउँ बस्ने २५ वर्षीय दुःखराम चौधरी घरबाट हराई बेपता भएकोमा १२ गते बिहान धानको खेतबारीमा मृत अवस्थामा फेला परेका थिए । उ

यता बाँकेकाे जानकी गाउँपालिका-२ नेवाजी गाउँ बस्ने ५१ वर्षीय मातादिन कादुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २२ गतेको फैसलाले चोरी मुद्दामा १ वर्ष ११ महिना ३ दिन कैद र २० हजार रुपैयाँ जरिवाना ठहर गरेकाे थियो ।

यसैगरी बहुविवाह मुद्दामा फरार खजुरा गाउँपालिका-२ उदरापुर बस्ने २१ वर्षीया विना कुमारी खटिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय भई फरार रहेका उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित: १३ माघ २०७७ २०:२७ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी