२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

जयनगर–जनकपुर रेल सेवा डेढ महिना भित्र सञ्चालन हुने

1
1
1
1

काठमाडौँ

डेढ महिना भित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिनुभयो । तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।

‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेल सेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

यसअघि नै उक्त रेल सेवा सञ्चालनका लागि दुईपटक भार परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन् । वि.सं १९९५ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि बन्द भएको थियो ।
गोरखापत्रबाट

प्रकाशित: २ मंसिर २०७५ ०८:३७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी