लघुवित्त संघको प्रतिक्रियाः ‘राष्ट्र बैंकले हामीलाई विभेद गर्‍यो’ 

लघुवित्त संघको प्रतिक्रियाः ‘राष्ट्र बैंकले हामीलाई विभेद गर्‍यो’ 


काठमाडौं ।

लघुवित्त संस्थाहरुले आफूलाई नेपाल राष्ट्र बैंकले विभेद गरेको बताएका छन् । वाणिज्य बैंक र विकास बैंकको तुलनामा सधैं विभेद गरेको उनीहरुले बताएका हुन् । लघुवित्त कम्पनीहरुले कमाएको नाफालाई पनि राष्ट्र बैंकले आँखा लगाएको उनीहरुको आरोप छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल भन्छन्, ‘हामीलाई अरु बैंकहरुको तुलनामा विभेद भयो, हामीले नाफा कमाउन पनि नहुने ?’

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गर्ने लघुवित्तले २० प्रतिशतभन्दा माथिको लाभांश प्रताव गर्दा सो प्रस्तावित लाभांशको २५ प्रतिशत रकम ग्राहक संरक्षण कोष तथा २५ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर ग्राहक संरक्षण कोषमा र सामाजिक उत्तरदायित्व कोषमा राखिएको रकम सम्बन्धीत ठाउँमा लगानी गर्ने हो भने त्यसले कुनै हानी नगर्ने संघका पूर्व अध्यक्ष रामचन्द्र जोशी बताउँछन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको यस्तो व्यवस्थाले शेयर बजारमा लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षा आएको भोलीपल्ट मंगलबार बजार खुलेको डेढ घण्टामा लघुवित्त उपसमूहको परिसूचक ६.४८ प्रतिशत घटेको थियो । सो अवधिसम्ममा सबैभन्दा बढी शेयरमूल्य घट्ने १० कम्पनीहरुको सूचीमा सबै लघुवित्त कम्पनीहरु रहेका थिए । मंगलबार कारोबार गरेका १८१ कम्पनीमध्ये ३२ वटा लघुवित्त कम्पनीहरको सेयर मूल्य १ प्रतिशतदेखि १० प्रतिशतसम्म घटेको देखिएको छ ।

 

Logo