काठमाडौँ ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागारको भ्रमण गरेका छन् ।
मन्त्री थापाले मंगलबार नख्खु कारागारको भ्रमण गरी त्यहाँको पानी र सरसफाईको समस्याको बारेमा जानकारी लिएका हुन् । कारागार प्रशासन र कैदीबन्दीको आग्रह अनुसार भ्रमणमा आएको मन्त्री थापाले जानकारी दिए । करिब २ हजारको हाराहारीमा रहेका कैदी बन्दीहरुलाई एउटा मात्रै धाराको पानीले व्यवस्थापन भइरहेको भन्दै उनले पानी र सरसफाइको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए ।
मन्त्री थापाले नख्खु कारागारमा विप्लव समुहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई पनि भेटेका थिए । ओली आफ्नो पुरानो साथी भएकाले भेटेको उनको भनाई छ । कारागार सफाइ तथा अन्य व्यवस्थापन के कस्तो छ र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा मात्रै कुराकानी भएको र अन्य राजनीतिक विषयमा कुनै कुराकानी नभएको उनको दावी छ ।
प्रकाशित: २० माघ २०७७ १४:१८ मंगलबार