अन्य प्रदेश ३

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानद्वारा बन्द, हड्तालको विरोध

15 Shares

काठमाडौं ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द/हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।

निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने र नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उल्लंघन हुने जनाएको छ ।

सो सञ्जालका अध्यक्ष नरेन्द्र डङ्गोलद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरुद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र समाजलाई दूरगामीरुपमा नकारात्मक प्रभाव पार्ने भएकाले विधिसम्मत मागहरु वार्ताबाट समाधान गर्न आग्रह गरिएको छ ।

प्रकाशित: २२ माघ २०७७ ०९:०५ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी